नुवाकोटकी बाटुली लामिछानेको १२२ वर्षको उमेरमा निधन

नुवाकोट । विश्वकै जेष्ठ नागरिकका रुपमा परिचित नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा ८ कि १२२ वर्षीया बाटुली लामिछानेको निधन भएको छ । लामिछानेको शुक्रबार दिउँसो ४ बजे निधन भएको हो । परिवारमा पाँच पुस्ताको फैलावट भइसके पनि हजुरआमा लामिछाने केहि समय यता अस्वस्थ्य रहेकी थिइन ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित गिरानचौरमा विसं १९५९ चैत १० गते आमा देवीकुमारी तिवारी र जयनारायण तिवारीको कोखबाट जन्मिएकी उनलाई विसं २०७० वैशाख २४ गते जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट खटिएको टोलीले घरमै आएर नागरिकता दिएको थियो ।

उनको चार सन्तानमध्ये अहिले कान्छो छोरामात्रै जीवित छन्। दुई छोरी र एक छोराको निधन भइसकेको छ । बाटुलीको जेठो पनाति श्यामप्रसाद ढुङ्गानाको उमेर नै २५ वर्ष भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here