आइतबार देशका विभिन्न स्थानमा बर्षा र हिमपात हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । आइतबार नेपालका धेरै स्थानहरुमा वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले शनिबार अपराह्न विशेष बुलेटिन जारी गर्दै देशका विभिन्न ठाउँमा मौसम बदली भई वर्षा र हिमपात हुने जानकारी दिएको हो । यससँगै चिसो बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

आइतबार सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात हुने बताइएको छ । त्यस्तै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा वर्षा हुने छ । यता मधेश र पूर्वी तराईका जिल्लाहरुमा भने असर नपर्ने महाशाखाले जानकारी दिएको छ ।

सोमबार देखि भने मौसममा क्रमिक सुधार हुँदै छ । चिसोका कारण स्वास्थ्य, पर्वतारोहण, हवाई यातायात लगायत दैनिक जनजीवनमा समेत असर गर्ने हुँदासतर्कता अपनाउन महाशाखाका मौसमविदले आग्रह गरेका छन् ।

जुम्लामा सबैभन्दा कम माइनस ६, जोमसोममा माइनस ५ र जिरीमा माइनस २ डिग्री सेल्सियस छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here