ओरालो लाग्यो सुनचाँदीको भाउ

फाइलफोटो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ रहेको सुन आइतबार १ लाख १८ हजार ९ सय रुपैयाँ कायम भएको हो ।

छापावाल सुन तोलामा एक लाख १८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार उक्त सुन तोलामा एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here