‘खल्ती’ का ग्राहक ८ लाख, एप डाउनलोड गर्ने पाँच लाख नाघ्यो

काठमाडौं २८, भदौं । डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ को एन्ड्रोइड एप डाउनलोड गर्नेको संख्या पाँच लाख नाघेको छ ।

नेपाली युवा उद्यमीको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ एउटा डिजिटल भुक्तानी सेवा प्रदान गर्ने स्टार्टअप कम्पनी हो । सुरुवात देखि नै खल्ती नविनतम प्रविधि तथा सेवा मार्फत मानिसको जीवन सहज बनाउन केन्द्रीत रहेको छ ।

बजारमा आएको दुई वर्ष र केहि महिनाको छोटो अवधिमै खल्तीले यो कोशेढुंगा पार गर्न सफल भएको हो ।

यति छोटो अवधिमै पाँच लाख एन्ड्रोइड एप डाउनलोडको उपलब्धि हासिल गर्न सक्नु कम्पनीका लागि ठूलो सफलता भएको खल्ती डिजिटल वालेटका प्रबन्ध निर्देशक मनिष मोदीले बताए । अब सबै प्रकारका भुक्तानी सेवालाई अनलाईन प्रविधिमा ल्याउन कम्पनी थप उत्प्रेरित बनेको उनले बताए ।

एप डाउनलोड संख्या पाँच लाख नाघेको अवसरमा खुशी व्यक्त गर्दै प्रबन्ध निर्देशक मनिष मोदीले थपे ।

आज मानिसको हातहातमा मोबाइल छ । डिजिटल भुक्तानी फस्टाउँदो क्रममा छ । नेपाल दूरसंचार प्राधिकरणको तथ्यांक अनुसार नेपालमा मोबाईल सेवाको पहुँच १३७ प्रतिशत भन्दा धेरै छ । ६५ प्रतिशत जनसंख्याले तीब्र गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रयोग गर्छ्न् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार ८३ लाख नेपालीहरुले मोबाईल बैंकिङ सेवा र ९ लाखले इन्टरनेट बैंकिङ सेवा प्रयोग गर्छन् ।
‘खल्ती’को मोबाईल एप खल्ती डटकमबाट डाउनलोड गर्न र विभिन्न प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here