४० हजार फ्यानहरु मेस्सीको प्रशिक्षण हेर्न आएपछि…

काठमाडौं । आइतबार हङकङ सेलेक्ट इलेभेनविरुद्धको बहुप्रतिक्षित खेलअघि लियोनल मेसीको प्रशिक्षण हेर्नका लागि ४० हजार भन्दा बढी फ्यानहरु सडकमा उर्लिएका छन् ।

अन्तरराष्टिय सञ्चारमाध्यमहरुका अनुसार मेसी इन्टर मियामीका आफ्ना साथीहरूसँग प्रशिक्षण गरिरहेका बेला ४० हजार फुटबल प्रेमीहरू हङकङका सडकमा भेला भएका हुन् ।

आफ्नो पुस्ताका महान् खेलाडीका रुपमा चिनिने अर्जेन्टिनी सुपरस्टारलाई हेर्न दर्शक उर्लिएपछि प्रहरीले हङकङ रङ्गशाला वरपरका सडक बन्द गर्नुपरेको थियो ।

प्रशिक्षण सुरु हुनुभन्दा केही घण्टाअघि समर्थकले ४० हजार सिट क्षमता भएको रंगशालाबाहिर मेसीको नाम लिदै लामो लाइन लगाएका थिए। फुटबल आइकन डेभिड बेकह्यामको सहस्वामित्वमा रहेको इन्टर मियामीले पिचमा लगभग खचाखच भरिएको स्टेडियमबाट गर्जनको जयजयकारले स्वागत गरेपछि उत्साह चरमोत्कर्षमा पुगेको थियो।

आइतबारको खेलका लागि सबै टिकट टिकटहरू डिसेम्बरमा बिक्री खुल्ला गरेको १ घण्टामा सकिएको थियो । फेब्रुअरी २१ देखि सुरु हुने एमएलएस सिजनको पूर्वसन्ध्यामा मेसीले १९ दिनमा ६ खेल खेल्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here