सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा चल्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा डोजर चलाएको छ ।

महानगरपालिका-३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका १४ वटा टहरामाथि डोजर चलाइएको महानगर प्रहरीले जनाएको छ ।

वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काउन गरेको हो । अस्थायी संरचनामा बस्ने व्यक्तिहरूले प्रयोग गर्दै आइरहेका भान्छाका सामान, फर्निचर लगायत सामानहरू हटाएर डोजर चलाउने काम भएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here