सिभिल सहकारी ठगी प्रकरण : इच्छाराज तामाङलाई तीन वर्ष कैद, १ अर्ब ७२ करोड जरिवाना

काठमाडौं । सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका पूर्वसांसद एवं व्यवसायी इच्छराज तामाङलाई ३ वर्ष कैद सजाय सुनाइएको छ। विशेष अदालतले आइतवार कैद सजायसहित १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार रुपैयाँ जरिवाना समेत गराएको हो ।

तामाङकी श्रीमती श्रीजना शाक्य तामाङलाई १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैयाँ १० पैसा बिगो र बिगो बराबरको जरिवाना तथा एक वर्ष ६ महिना जेल सजाय तोकिएको छ ।

इच्छाराज तामाङ, श्रृजना र छोरीहरु प्रतीक्षा र प्रतिष्ठा तथा केशव र मिना श्रेष्ठको नाममा रहेको सम्पत्ति पनि जफत हुने फैसला भएको छ ।

विशेष अदालतले सिभिल सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका तामाङसहित उनको परिवारको केही सदस्यलाई सम्पत्ति शुद्धीकरण मुद्दामा माघ ७ गते दोषी ठहर गरेको थियो तर सजाय निर्धारणका लागि भने आज पेशी तोकिएको थियो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष तामाङसहित उनको परिवारका ६ जनाविरुद्ध २०७९ भदौ १६ गते मुद्दा दायर गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here