धरहराको नि:शुल्क पार्किङ बन्द गर्न पत्र आएपछि बालेन आक्रोशित, भन्छन्- ‘ठेक्का लगाएर रजाइँ गर्न दिने छैनौँ’

काठमाडौं । धरहरामा शुरू गरिएको नि:शुल्क पार्किङ बन्द गर्न भनेर पत्र आएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह आक्रोशित भएका छन्।

उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि धरहराको निर्माण पुरा नभएको भन्दै उनले पत्र कार्यान्वयन नगर्ने बताएका हुन्।

उनले भनेका छन्- ‘उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ ?’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ।’

धरहरको अन्डरग्राउन्ड पार्किङमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा ‘धरहरा निर्माण हुँदै छ । पार्किङ बन्द गर्नु’ भनि प्रत्र आएको मेयर बालेनले बताएका छन् ।

धरहराको पार्किङमा शुल्क उठाए सरकारी सम्पत्तिमा रजाइँ गर्ने मनासय देखिएको भन्दै उनी लेख्छन्, ‘अहिले धेरैको नजर यहाँको पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाईं गर्ने मनसाय देखिएको छ । हामी काठमाडौं महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here