सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र युनाइटेड इदी मार्दीको लाभांश घोषणा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत थप दुई कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेका छन् ।

सोमबार सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावरले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका हुन् ।

सिद्धार्थ प्रिमियरले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित ११ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

त्यस्तै, युनाइटेड इदीले गत वर्षको नाफाबाट ५.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२८९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश कम्पनीले फागुन १७ गते, आभ्या क्लब, घारीपाटन, पोखरा, कास्कीमा १४ औँ वार्षिक साधारण सभा डाकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here