विदेश पढ्न जानेले ६ महिनामा लगे ५८ अर्ब ९५ करोड

काठमाडौं । नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीसँगै चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिना (पुस मसान्त) मा ५८ अर्ब ९५ करोड रुपैयाँ बाहिरिएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘देशको वर्तमान वित्तीय तथा आर्थिक स्थिति’ अनुसार पढ्नका लागि बाहिरिनेको संख्यामा वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा ३५ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएको थियो । आर्थिक वर्षको ६ महिनामै भ्रमण व्यय भने ९२ अर्ब ८७ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । जसमध्ये शिक्षातर्फ ५८ अर्ब ९५ करोड रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

गत आर्थिक वर्ष पहिलो ६ महिनामा भ्रमण व्यय ५७ अर्ब ८२ करोड रहेकोमा शिक्षातर्फको व्यय ३५ अर्ब ३६ करोड थियो । गत वर्षको तुलनामा भ्रमण आय ४४.४ प्रतिशतले बढ्दा भ्रमण व्यय ६०.६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here