मकवानपुरमा भाइरल ज्वरोले एकै गाउँका १३० जना बिरामी,एकजनाको मृत्यु

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ टर्लिङ गाँउमा भाइरल ज्वरोको कारण १३० जना बिरामी भएका छन् ।

उनीहरु मौसमी भाइरल ज्वरोको शिकार भएको अनुमान गरिएको छ । पाँच दिनअघिदेखि फैलिएको भाइरल ज्वरोबाट एकजनाको मृत्यु भएको छ ।

टर्लिङका ६० वर्षीय टिकाबहादुर नगरकोटीकोनगरकोटीको खैराङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको छ । एकै गाउँमा ठूलो संख्यामा भाइरल ज्वरो फैलिएपछि चिकित्सकसहित राक्सिराङ गाउँपालिका कार्यालयबाट स्वास्थ्यकर्मीको टोली खटाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here