विवेक कुँवरले खिचेको तस्विरलाई ‘सोनी वल्र्ड फोटोग्राफी अवार्ड ‘

काठमाडौं । ‘सोनी वल्र्ड फोटोग्राफी अवार्ड २०२४’ नेपालका विवेक कुंवरले जितेका छन् ।

कुंवरले फेल्टबाट तयार गरिएका डल्लाहरुको बिचमा सुतेर मुस्कुराइरहेका बालिकाको फोटो खिचेका हुन् ।

अवार्ड जितेको फोटो पछाडीको कथा

कपनको एक फेल्ट बल फ्याक्ट्रीको डकुमेन्ट्री भिडियो बनाउन जाने क्रममा उनले त्यो तस्विर लिएको उनले क्लाउडपत्रिकालाई बताए । ‘क्यामरा देखेर उत्सुक बनेकी सानी नानीलाई फोटो खिच्छौ भनेपछी उनी तयार भइहालिन अनि खिचेको त्यो तस्विरले अहिले अवार्ड जित्दा धेरै खुशि छ’ उनले भने ।

उनले साना कुरामा खुशी देख्ने बाल मनोविज्ञानलाई क्यामरा मार्फत कैद गर्ने प्रयास गरेका हुन् । क्यामरा मार्फत फेल्टका बलहरुलाई रंगिन बगैंचा बनाएर सानी नानीको रंगिन संसारलाई उतार्न प्रयास गरेको उनी बताउँछन् । फेल्टका रंगिन बलहरुले सानी नानीजस्तै अन्य बालबालिकाहरुको रंगिन संसारलाई देखाएको छ। ‘सानो हुँदा बाहिरी संसारका कुनै पनि समस्याले छुदैन । तर मानिसको उमेर जति बढ्दै जान्छ उ कम खुशी हुन्छ । किनकी साना सफलता तथा खुशिले उसलाई छुदैन’, उनले भने ‘त्यही कन्सेप्ट अनुसार फोटो खिचेको हुँ ।’ त्यसो त उनले ३ ओटा फरक फरक तस्विरहरु पठाएका थिए । त्यसमध्य सानी नानीको सपनाको रंगिन बगैचाँको तस्विरले अवार्ड पायो ।

त्यसो त अवार्ड पाउने मध्य अर्को हात्तिले बालुवा खेलाएको तस्विर पनि नेपालकै रहेको छ । सो तस्विर भने विदेशी फोटोग्राफर लिजु सीनले नेपाल आउदा खिचेका थिए । सोनीको प्रायोजनमा वर्ल्ड फोटोग्राफी अवार्डस् हरेक वर्ष हुने गर्छ। बिगत ११ बर्षदेखि हुँदै आएको प्रतिशपर्धामा यसअघि पनि अवार्ड हात पारेको थियो । यो अवार्डसमा प्रोफेसनल, ओपन, युथ र स्टुडेन्ट गरी मूलतः चार वटा विधामा प्रतियोगिता हुने गर्छ।

तर विभिन्न देशका फोटोग्राफरहरुलाई प्राथमिकता दिनका लागि यी विधामा इन्ट्री गर्ने छुट्टाछुट्टै देशका लागि छुट्टाछुट्टै नेसनल अवार्ड पनि दिने गरिन्छ। विश्व फोटोग्राफी संगठनले सोनी वल्र्ड फोटोग्राफी अवार्ड २०२४ प्रतियोगिताका राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार विजेताको घोषणा गरेको छ ।

५४ देशका विजेताहरुको घोषणा गरिएको छ र १९ अप्रिल देखि ६मे २०२४ सम्म लण्डनको समरसेट हाउसमा प्रदर्शनीमा राखिनेछ ।

विजेता राष्ट्रिय तथा क्षेत्रीय तस्विरहरु ५४ देशका फोटोग्राफरहरुले खिचेको आयोजकले जनाएको छ ।

सबै क्षमता भएका फोटोग्राफरलाई सहयोग पु¥याउने र उनीहरूका उपलब्धि प्रदर्शन गर्ने उद्देश्यले ११ वर्षअघि राष्ट्रिय तथा क्षेत्रीय अवार्डको स्थापना गरिएको आयोजकले जनाएको छ ।

सबै राष्ट्रिय र क्षेत्रीय पुरस्कार विजेताहरूले पाँच हजार डलरको सोनी डिजिटल इमेजिंग उपकरणहरू प्राप्त साथै सोनी वर्ल्ड फोटोग्राफी अवार्ड्स प्रदर्शनी र पुस्तकमा समावेश गरिनेछ।

सोनी वर्ल्ड फोटोग्राफी अवार्ड्स २०२४ को विद्यार्थी, युवा, खुला र व्यावसायिक प्रतियोगिताहरूमा समग्र विजेताहरूको घोषणा १८ अप्रिल २०२४ मा गरिनेछ र समरसेट हाउस, लण्डन ९१९ अप्रिल९६ मे २०२४० मा प्रदर्शनीको भागको रूपमा प्रदर्शनमा जानेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here