राष्ट्रिय बीमा कम्पनीको सीइओ पदका लागि दरखास्त आह्वान

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ)का लागि दर्खास्त माग गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै लिमिटेडले आवेदन माग गरेको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिलाई २१ दिनभित्र आवेदन दिनसक्ने सूचनाम उल्लेख छ । गत मसिंरदेखि उक्त कम्पनी निमित्तको भरमा चलेको छ । गत मङ्सिर ८ गते तत्कालिन सीइओ शेखर बरालले पदबाट राजीनामा दिएका थिए । हाल डीसीईओ सुवास कोइरालालाई निमित्त सीइओको जिम्मेवारी दिईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here