नेप्से सूचकसँगै बढ्यो कारोबार, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन नेप्से परिसूचक ४.९२ अंकले बढेर २०९०.६४ विन्दुमा पुगेको हो ।

यसदिन ३१३ कम्पनीको २ अर्ब ८४ करोड २५ लाख ५० हजार २३७ रुपैयाँ बराबरको ७७ लाख ३२ हजार २३४ कित्ता शेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार बढेको छ । मंगलबार २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ९०७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ७ समूहको परिसूचक बढेको छ भने ६ को परिसूचक घटेको छ । आज पनि हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।

२ करोड ४८ लाख बढीको शेयर किनबेच भएको छ । बढ्दो बजारमा ५ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here