‘भ्यालेन्टाइन’ डेका लागि ३ लाख ५० हजार स्टिम गुलाफ माग

काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपालले भ्यालेन्टाइन डेका लागि यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपरेको जनाइएको छ । यस वर्ष रातो गुलाफ प्रतिस्टिम रु ८० देखि एक सयसम्म पर्नेछ ।

कूल मागको ६० प्रतिशत काठमाडौँ उपत्यकामा र बाँकी ४० प्रतिशत गुलाफ देशका अन्य सहरमा खपत हुने एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङ बताउँछन् ।व्यावसायिकरूपमा चार सय ५० प्रजातिका गुलाफ नेपालमा उत्पादन हुँदै आएको छ । पुष्प व्यवसायमार्फत ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here