नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

काठमाडौं । नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले ५० ओभरमा अलआउट हुँदै २२४ रन बनायो ।

नेपालका ओपनर कुशल भुर्तेल ६२, आरिफ शेख ३८, सोमपाल कामी २७ पवन सर्राफ १६, आसिफ शेख ८, कप्तान रोहित पौडेल ८, भिम सार्की १७, कुशल मल्ल २० रन बनाएर आउट भए ।

ओडीआईमा डेब्यु गरेका रिजन ढकाल ४ र ललित राजवंशीले १ रन जोडे । ओडीआईमै डेब्यु गरेका सूर्य तामाङ १० रनमा नटआउट रहे । क्यानडाका उदय भागवानले ३ तथा इश्वरजित सोही र साद बिन जाफरले समान २ विकेट लिए ।

क्यानडा पहिलो पटक नेपाल आएको हो । क्यानडासँगको खेल लगत्तै नेपालले घरेलु मैदानमा नै नामिबिया र नेदरल्यान्ड्स सम्मिलित लिग टु सिरिज खेल्नेछ । क्यानडाले दुबईमा यूएई र स्कटल्यान्डसँग खेल्ने तालिका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here