हिमालयन रिइन्स्योरेन्सलेको लाभांश घोषणा

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब रूपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here