सगरमाथा चढ्नेले आफ्नो दिसा बेस क्याम्पमै फिर्ता ल्याउनुपर्ने

काठमाडौं । पर्वतारोहीहरूले अबदेखि दिसा गरेपछि सगरमाथामा छोड्न नपाउने र आफूसँगै आधार शिविरमा फिर्ता ल्याउनुपर्ने नियम भएको छ । सगरमाथा हिमाल क्षेत्र पर्ने खुम्बु पासाङल्हामु गाउँपालिकाले यस्तो निर्देशन दिएको हो ।

आरोहणकर्ताले हिमाल क्षेत्रमा छोड्ने गरेको दिसा र अन्य किसिमको फोहोरले विश्वकै सर्वोच्च शिखर सगरमाथा दुर्गन्धित हुँदै गएकाले योसहित अन्य नियम ल्याउन लागिएको जनाइएको छ ।

आधारशिविरमा हिमाली वातावरणसँग घुलमिलका लागि आरोहीहरू लामो समय बस्दा पालभित्र मलमूत्र जम्मा हुने ठूला भाँडा राखिएको हुन्छ।

आरोहण सुरु गरिसकेपछि भने शौच गर्ने ठाउँ मिलाउन अलि गाह्रो हुन थाल्छ। आरोही र तिनका सहयोगीहरूले सम्भव भएसम्म खाल्डो खनेर दिसा गर्छन्। सगरमाथा चढ्नेमध्ये धेरै कमले मात्र आफ्नो मलमूत्र झोलामा राखेर फिर्ता ल्याउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here