एबी डिभिलियर्सको दुर्लभ विश्व कीर्तिमान तोड्ने चुकेका अनिल छिटो अर्धशतक बनाउने नेपाली खेलाडी

काठमाडौं । नेपाली क्रिकेट टोलीका विकेटकिपर अनिलकुमार शाह दक्षिण अफ्रिकाका लेजेन्ड्स एबी डिभिलियर्सको विश्व कीर्तिमान तोड्नबाट चुकेका छन् ।

क्यानडाविरुद्ध दोस्रो ओडिआई खेलमा विष्फोटक ब्याटिङ गर्दै अनिलले ७ चौका र ३ छक्काको सहयोगमा १९ बलमा ५० रन बनाएका छन् ।

गत वर्ष आसिफ शेखले पपुवा न्यु गिनीविरुद्ध बनाएको कीर्तिमान उनले तोडेका हुन् । आसिफले पीएनजीविरुद्ध २१ बलमा ८ चौका र ३ छक्कासहित अर्धशतक बनाएका थिए । नेपालका लागि भने कीर्तिमान बनाएका छन् । १९ बलमा अर्धशतक नेपालबाट भने सर्वाधिक छिटो ओडीआई अर्धशतक हो ।

१३ बलमा ४३ रन बनाएका अनिललाई विश्वरेकर्ड बनाउने अवसरसमेत थियो । तर छैटौं ओभरमा साद बिन जफारको तीन बलमा एक रन जोडेपछि उक्त उक्त कीर्तिमानबाट चुकेका हुन् ।

अर्धशतक बनाएपछि अनिल २०औं बलमा क्यानडियन बलर ईश्वरजोत सोहीबाट एलबीडब्लू आउट भए ।

एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने रेकर्ड दक्षिण अफ्रिकाका एबी डिभिलियर्सको नाममा रहेको छ । उनले २०१५ मा वेस्ट इन्डिजविरुद्ध १६ बलमा ५० रन बनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here