काठमाडौं । नेपालले एक खेल अगावै क्यानडासँगको तीन खेलको एक दिवसीय सिरिजको उपाधि आफ्नो पोल्टामा पारेको छ । शनिबार भएको दोस्रो खेलमा क्यानडालाई ४ विकेटले परािजत गर्दै एक दिवसीय सिरिजको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो ।
नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०,भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे । पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको थियो ।