अब सूचीकृत कम्पनीमा विदेशी लगानी भित्राउन राष्ट्र बैंकको स्वीकृति नचाहिने

काठमाडौं । धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने भएको छ ।

विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ को तेस्रो संशोधनमार्फत् राष्ट्र बैंकले धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा राष्ट्र बैंकको स्वीकृति नचाहिने व्यवस्था गरेको हो ।

यसअघि नेपालमा कुनै पनि वैदेशिक लगानी नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात मात्र ल्याउन पाईने व्यवस्था रहेकोमा अबमा दिनमा धितोपत्र बोर्डमा स्वीकृत संस्थामा वैदेशिक लगानी भित्र्याउन स्वीकृति चाहिने छैन् ।

यस्तै नेपाली उद्योगमा कायम रहेका कुल नेपाली सेयरधनीको सेयर धारण अनुपात नघट्ने गरी हुने विदेशी लगानी र औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिमको रुग्ण उद्योगको विदेशी लागानीमा पनि राष्ट्र बैङ्कको स्वीकृति नचाहिने राष्ट्र बैंकले जनाएको छ ।

संशोधित विनियमावलीका अनुसार धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा सेयर स्वामित्व परिवर्तन भए पनि राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्दैन । विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृतिपछि विदेशी मुद्रा भित्र्याउनुु वा पठाउनु पहिले लिखित जानकारी दिनुपर्ने राष्ट्र बैंकले संशोधन गरेको नयाँ व्यवस्थामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here