१८ अंकले घट्यो नेप्से, २९ करोडको कारोबार

काठमाडौं, २९ भदौ । साताको पहिलो दिन अर्थात आइतवार नेप्से परिसूचक १७.८७ अंकले घटेर १ हजार १ सय ४०.०१ अंकमा झरेको छ ।

अघिल्लो साता समग्रमा ३३ अंकले घटेको नेप्से परिसूचक यो साताको सुरुमै झन्डै १८ अंकले घटेको हो ।

आइतवार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ३.७९ प्रतिशतले घटेर २ सय ५०.०१ अंकमा झरेको छ । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा १.४९ प्रतिशत कम हो ।

आइतवार १ सय ६२ कम्पनीको १० लाख ९० हजार २ सय १८ कित्ता शेयर किनबेच हुँदा २८ करोड ८० लाख ९ढ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

आइतवार सबै समुहको कारोबार ऋणात्मक रह्यो । आइतवार सबैभन्दा धेरै बैकिङ्ग समुहको सूचक घट्यो । बैकिङ्गको सूचक १.८५ प्रतिशतले घट्यो ।

त्यस्तै, जलविद्युतको १.७५ प्रतिशत, लघुवित्तको १.३३ प्रतिशत, र्निजीवन बिमाको १.३२ प्रतिशत, होटलको १.२९ प्रतिशत, जीवन बिमाको १.२८ प्रतिशत, उत्पादन क्षेत्रको १.१५ प्रतिशत घटयाये भने अन्य समुहको सामान्य अंकले घट्यो ।

आइतवार सबैभन्दा धेरै रिलायन्स फाइनान्सका शेयर धनीले कमाए । रिलायन्सुको शेयर मूल्य ३.५१ प्रतिशतले बढ्यो ।

त्यस्तै, सिंन्धु विकास बैंकको ३.३२ प्रतिशत, नबिल इक्वीटी फन्डको २ प्रतिशतले बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा गणपति लघुवित्त वित्तीय संस्थाका शेयर धनी रहेका छन् । गणपतिको शेयर मूल्य ८.३८ प्रतिशतले घट्यो ।

त्यस्तै, हिमालयन उर्जा विकास कम्पनीको ६.०८ प्रतिशत, हिमालयन जनरल इन्स्योरेन्स कम्नीको ५.५३ प्रतिशतले घट्यो भने अन्य कमपनीको सामान्य अंकले घट्यो ।

आइतवार सबैभन्दा धेरै कारोबार नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले गरेको छ । कम्पनीले १ करोड ८२ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here