गोरखाको तीन पालिकाले दिए फागुन १ गते सार्वजनिक बिदा

काठमाडौं । जनयुद्ध दिवस अर्थात फागुन १ गते गोरखाका तीन पालिकाले सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।

भीमसेन थापा, अजिरकोट र गण्डकी गाउँपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै दिवस मनाउन सार्वजनिक बिदा दिइएको जनाएका छन् । जिल्लाका अरु स्थानीय तहले भने बिदा दिएका छैनन् ।

यसअघि सरकारले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । निर्णयविरुद्ध रिट परेपछि सर्वाेच्च अदालतले फागुन १ गते जनयुद्ध दिवशको रुपमा विदा नदिन अन्तरिम आदेश दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here