सिरिज ‘क्लिन स्विप’ गर्ने दाउमा नेपाल, जितको खोजीमा क्यानडा

काठमाडौं । क्यानडाविरुद्धको एक दिवसीय सिरिज क्लिन स्वीप गर्ने दाउसहित नेपाल आज मैदानमा उत्रिँदै छ । सिरिजको अन्तिम खेल त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेबाट सुरु हुनेछ ।

पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटको जित निकालेको नेपाल आज पनि जितसहित क्लिन स्पिवको लक्ष्यका साथ खेल्ने छ । क्यानडा भने सान्त्वना जितको खोजीमा रहेको छ ।

दुई खेलमा पराजय बेहोरेपछि क्यानडाका मुख्य प्रशिक्षक पुबुदु दाशानायके पनि दबाबमा छन्।

ठूलो संख्यामा समर्थक उपस्थित भएपछि क्यानडाको टिमले दबाब महसुस गरिरहेको छ। श्रृंखलाको पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ४ विकेटको जित हात पारेको थियो। यससँगै नेपाल विजेता बनेको हो।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले प्रस्तुत गरेको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्दै नतिजा आफ्नो पक्षमा पारेको थियो ।

बिहीबार भएको खेलमा नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा सबै विकेट गुमाएर २१७ रनमात्र बनाउँदा नेपालको जित सुनिश्चित भएको थियो।

क्यानडासँग नेपालले मैत्रीपूर्ण खेल खेलेको हो। यसलगत्तै नेपालले घरेलु मैदानमा नामिबिया र नेदरल्याण्ड्ससम्मिलत त्रिकोणात्मक लिग टू श्रृंखला खेल्दैछ। उक्त श्रृंखला फागुन ३ देखि १३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

नेपालले फागुन ३ र ७ मा नामिबिया तथा फागुन ५ र १३ मा नेदरल्याण्ड्ससँग खेल्नेछ।

त्रिकोणात्मक एकदिवसीय शृंखला सकिएलगत्तै यी तीन टोलीबीच टी-२० श्रृ‌ंखला हुनेछ। यो खेल १५ देखि २२ सम्म चल्नेछ। नेपालले फागुन १५ र १८ मा नमिबिया तथा १६ र १९ मा नेदरल्याण्ड्ससँग खेल्नेछ।