नेपालका ४ खेलाडी परिवर्तन, सोमपाललाई विश्राम

काठमाडौं । क्यानडासँगको एक दिवसीय सिरिजको अन्तिम खेलमा टस जितेर बलिङ रोजेको नेपालले आफ्नो प्लेइङ ११ मा चार खेलाडी परिवर्तन गरेको छ । नेपालले आजको खेलमा दोस्रो खेल खेलेका आसिफ शेख, सुर्य तामाङ, रिजन ढकाल र सोमपाल कामीलाई विश्राम दिएको छ । हे

मन्त धामी, ललित नारायण राजवंशी, आरिफ शेख र कुशल भुर्तेल नेपालको प्लेइङ–११ मा फर्किएका छन् ।हेमन्तलाई राजु बस्न्यातले ओडीआई करिअरको ४१औं क्याप दिए ।

नेपालको प्लेइङ ११

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, हेमन्त धामी, ललित नारायण राजवंशी, आकाश चन्द र अनिलकुमार शाह ।

बेन्च : रिजन ढकाल, सोमपाल कामी, सूर्य तामाङ र आसिफ शेख ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here