बाँसबारी जग्गा प्रकरणः विवादास्पद आदेश गर्ने न्यायाधीश दुर्गम जिल्ला सरुवा

काठमाडौं । छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणका आरोपी व्यवसायी अरुणकुमार चौधरीसहितलाई रिहा गर्न आदेश जिल्ला काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्य ‘कारबाही’मा परेका छन्।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जिल्ला न्यायाधीश आचार्यलाई कारबाही स्वरुप दुर्गम जिल्ला, मुगु सरुवा गरेका हुन्।

सरकारी स्वामित्वको १० रोपनी जग्गा विनोद चौधरीको च्याम्पियन फुटवेयर कम्पनीका नाममा गरिएको गैरकानुनी नामसारीमाथिको अनुसन्धानमा पक्राउ परेका अरुण चौधरी, अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई न्यायाधीश आचार्यको इजलासले दुई दिनमा हाजिरी जमानीमा छाडन् आदेश गरेको थियो ।

अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले प्रहरीले पक्राउ गरेका अजितनारायण सिंहको उमेर र अरूणकुमार चौधरीको व्यवसायलाई आधार बनाउँदै अनुसन्धान अधिकारीकोे हाजिरी जमानामा दुईदिनमा रिहा गर्न २२ माघमा आदेश गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here