नेपालले क्यानडाविरूद्ध पेनाल्टीबाट पायो ५ रन

काठमाडौं । तेस्रो एकदिवसीय खेलमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याउँदै नेपालले ब्याटिङ गरिरहेको छ। खेलमा नेपालले पेनाल्टीबाट पाँच रन प्राप्त गरेको छ। क्यानडाका कप्तान शाद बीन जाफरले ब्याटिङका क्रममा पीचमा कुदेपछि नेपाललाई पाँच रन पेनाल्टी दिइएको हो। जुन नेपालका लागि बोनस हो भने क्यानडाका लागि जरिवाना ।

क्रिकेटको नियमअनुसार ब्याटरले पीचमा टेकेपछि सुरुमा अम्पायरले चेतावनी दिन्छन्। त्यसपछि पनि पीचमा टेकेमा फिल्डिङ टिमलाई पाँच रन पेनाल्टी स्वरुप दिइन्छ।
यहिँ निमयअनुसार जाफरले अन्तिम बलमा रन लिने क्रममा पिचमा कुदेका कारण नेपालले पेनाल्टी रन पाएको थियो। अम्पायरले उनलाई पिचमा कुदेर त्यसअघि पनि चेतावनी दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here