मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, यस्ता छन् नयाँ व्यवस्थाहरु (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गरेको छ ।

राष्ट्र बैंकले यसअघि गरिएका अधिकांश व्यवस्था यथावत राख्दै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको हो ।

आन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाको क्रममा गरिएका नीतिगत व्यवस्थाहरुलाई दृष्टिगत गरी ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।

ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुले न्यून राखी तय गर्न पाउने व्यवस्था गरेका छ । यसअघि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर कम्तीमा २ प्रतिशतको अन्तर हुनुपर्ने व्यवस्था छ ।

यस्तै, कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको रु.२ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here