मासु र फलफुलको उपभोग बढाउँदै नेपाली, खर्चको आधा भन्दा धेरै खाद्यान्नमा

१ फागुन, काठमाडौं । नेपालीको भान्सामा मासु, फलफूल तथा सुख्खा फलफुलको उपभोग बढेको छ । चौथो जिवनस्तर सर्वेक्षणले भान्सामा महंगो मानिने मासु र फलफुलको खपत बढेको देखाएको हो ।

सर्वेक्षणमा यसअघि ४० प्रकारका मात्र खाद्यवस्तुको गुणना हुने गरेकोमा यसलाई बढाएर ७७ पुर्याइएको छ । जस अनुसार नेपालीले आफ्नो उपभोगमा मासु र फलफुलको उपभोग बढाएको देखिएको छ ।

सर्वेक्षण अनुसार नेपालीले कुल उपभोगको ५३ प्रतिशत खाद्यान्नका लागि खर्च गर्छन् । ४७ प्रतिशत उपभोग भने गैरखाद्य उपभोगमा खर्च हुने गरेको समेत तथ्यांकले देखाएको छ ।

अहिले नेपालीको औसतः उपभोग खर्च वार्षिक १ लाख २६ हजार १७२ रुपैयाँ पुगेको छ । यसमध्ये वार्षिक ७२ हजार भन्दा कम खर्च गर्ने नेपालीलाई गरिबीको रेखामुनी राखिएको छ । यस्तो जनसंख्या २० प्रतिशत भन्दा धेरै छ । जुन ५९ लाख हाराहारी हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here