उच्च अंकले घट्यो नेप्से, ४ अर्ब ६६ करोडको कारोबार

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ३०.५६ अंकले घटेर २०७०.५९ विन्दुमा झरेको हो ।

यसदिन ३०५ कम्पनीको ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार ३०४ रुपैयाँ बराबरको १ करोड २१ लाख ६५ हजार २०२ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटै उपसमूह परिसूचक घटेको छ । आज पनि हिमालयन रि(इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।

यसको ३ करोड २५ लाख बढीको शेयर किनबेच भएको छ । घट्दो बजारमा तीन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here