सरस्वती पूजा किन र कसरी मनाउने ?

शुक्लां ब्रह्मविचार सार परमामाद्यां जगद्व्यापिनीं,
वीणा,पुस्तक,धारिणीमभयदां जाड्यान्धकारापहाम्‌।
हस्ते स्फटिकमालिकां विदधतीं पद्मासने संस्थिताम्‌,
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्‌॥

सरस्वती पूजा अर्थात वसन्त पञ्चमी । वसन्त अर्थात ऋतुहरुको राजा । वसन्तको सुरुवात हुने भएकाले आजको दिनलाई वसन्त पञ्चमी भनिएको हो । आजको दिन हामी सबैको लागि विशेष दिन हो । किनभने आज हामी वाग्देवी अर्थात बोलिकी देवी सरस्वतीको पूजा उपासना गर्छौँ । उल्लासमय अवसरको रुपमा मनाउँछौँ । त्यसको अर्थ के होला रु सरस्वती स्वरुपले के अर्थ राख्छ ?

श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सवोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक र तेस्रोमा स्फटिकको माला र चौथो हात अभ मुद्रामा रहेकी देवी सरस्वती हुन् भनी शास्त्रमा उल्लेख छ ।

जीवनको माधुर्य

उनले हातमा लिएको विणाबाट के पनि बुझिन्छ भने, जीवन धुन हो । यो मधुर हुनुपर्छ । लयवद्ध हुनुपर्छ । कलाले जीवनलाई संगीतमय बनाउँछ । पुस्तकले विद्याको र मालाले निष्ठा र सात्विकताको वोध गराउँछ ।

जीवनको सौन्दर्य

सरस्वतीको तस्विरसँगै मयुर देखिन्छ । मयुर सरस्वतीकी वहान हुन् । मयुरालाई सौन्दर्य एवं मधुर स्वरको प्रतिक मानिन्छ । विद्यानै मानिसको सौन्दर्य हो ।

कसरी पूजा गर्ने ?

यस दिन बिहान कलश स्थापना गरी गणेश, सूर्य, अग्नी, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ । सरस्वतीलाई नैवेद्यको रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ । सेतो रङ, फूल, चन्दन, शङ्ख पनि चढाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here