काठमाडौं महानगरले कान्ति बाल अस्पतालको फोहोर नउठाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको छ।

महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा गएको टोलीले अस्पतालको फोहोर व्यवस्थापन अभ्यास हेर्दा फोहोरको वर्गीकरण र ढुवानी पूर्व तयारीमा कमजोरी देखिएपछि फोहोर उठाउन नसकिने जनाकारी दिएको हो ।

फरक प्रकृतिको फोहोर राख्न रंग संकेतको पालना नभएकाले हानिकारक फोहोर अस्पताल बाहिर आउने खतरा देखिएपछि अस्पतालको फोहोर संकलन र ढुवानीमा रोक लगाउनुपर्ने अवस्था आएको महानगरले जनाएको छ । स्रोतमा फोहोर छुट्टिएको, हानिकारक फोहोरलाई निर्मलीकरण गरिएको, निर्मलीकरण भएपछिको फोहोर पनि पुन: प्रयोग हुन सक्ने र नसक्ने प्रकृतिमा छुट्टिएको यकिन नभएसम्म फोहोर नउठाउने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here