सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्धारा साधारण सभा आह्वान, ११ % नगद लाभांश वितरण गर्ने

काठमाडौं। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई वितरण गर्ने लाभांशको प्रस्ताव पारित गर्न ३० औं वार्षिक साधारण सभा बोलाएको हो।

फागुन ३० गते लिसारा रिसेप्सन, भगवती बहाल मा हुने सभाले हाल कायम चुक्ता पूँजीको ११ % हुन आउने ३० करोड ८७ लाख बराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने बताइएको छ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड छ।