सीजीले ल्यायो ५०० किमि रेन्जको नयाँ ईभी जीएसी ‘एवोन-वाई’, मूल्य ५५ लाख

काठमाडौं । सिजी मोटर्सले जीएसी एवोन वाई मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ । चिनियाँ ब्राण्ड ग्वान्झाओ अटोमोवाइल कर्पोरेशनको सहायक ब्राण्ड एवोनको पहिलो मोडलको रुपमा सिजी ग्रुपले नेपालमा यसको विक्री सुरु गरेको हो ।

सिजी मोटर्सको शोरुम थापाथलीबाट कम्पनीका प्रवन्ध निर्देशक निर्वाण चौधरीले उक्त गाडी लन्च गरेका हुन् ।

उक्त गाडीमा ६१.५ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री दिइएको छ । जसले सिंगल चार्जमा ४ सय ९० किलोमिटर रेन्ज दिनेछ । आकारमा ठुलो यो गाडीको लम्बाई ४५३५ एमएम, चौडाई १८७० एमएम र उचाई १६५० एमएम छ । यसमा २७५० एमएम लामो ह्वीलवेस दिइएको छ ।

कम्पनीले यसमा १०० किलोवाट पीकपावर क्षमताको इलेक्ट्रीक मोटर दिएको छ भने पीकटर्क २२५ एनएम रहेको छ । झट्ट हेर्दा एमपीभी जस्तो लाग्ने यो कार नेपाली बजारमा ५४ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरु गर्न लागेको हो । कम्पनीले यसको बजारमूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here