आईएमएस ग्रुप र सबको फोनबीच मोबाइल एक्सचेन्जका लागि साझेदारी

काठमाडौं । नेपालमा सामसङ फोनको राष्ट्रिय वितरक “आईएमएस” र नेपाली बजारमा स्थानीय रूपमा नवीकर गरिएका मोबाइल फोनहरू तयार गर्ने कम्पनी सबको फोनबीच साझेदारी भएको छ ।

यो साझेदारीसँगै दुई कम्पनीले आइएमएस सबको फोन एक्सचेन्जको सुरुवात भएको घोषणा गरेका छन् । अब प्रयोगकर्ताले आफूले प्रयोग गरिरहेको जुनसुकै ब्रान्डको मोबाइल फोन साटेर सामसङ स्मार्टफोनको विकल्प रोज्न सक्नेछन् ।

प्रयोगकर्तालाई यो सुविधा दिनका लागि छुट्टै वेबसाइटको सुविधा दिइनेछ । त्यसमार्फत ग्राहकहरुले आफूले प्रयोग गरिरहेको मोबाइलको विवरण भरेर एक मिनेटमै उक्त फोनको मूल्य प्राप्त गरेर नयाँ सामसङ फोनमा अपग्रेड गर्न सक्नेछन् ।

यो एक्सचेन्ज सुविधा लिन ग्राहकले आफुले प्रयोग गरेको मोबाइलको भ्याट बिल र परिचय खुल्ने सरकारी परिचयपत्र अनिवार्य उपलब्ध गराई स्वघोषणा फारम भर्नुपर्नेछ । प्रथम चरणको लागि यो सुविधा हाल सामसङको आधिकारिक आइएमएस स्मार्ट आउटलेटहरु र काठमाडौंका अधिकृत बिक्रेतामा मात्र उपलब्ध गराइएको छ ।

सबको फोनका संस्थापक उत्तम काफ्लेले यस सहकार्यप्रति उत्साह व्यक्त गर्दै यो साझेदारीले मोवाइल प्रयोगकर्ताहरुलाई मोवाइल एक्सचेन्ज सहज र छिटो बनाउदै उचित मूल्य प्रदान गर्ने लक्ष्य राखेको बताए ।

‘एक पटक प्रयोग गरिएका फोनहरूलाई अपसाइकल गरि पुनः प्रयोग गर्न सके विद्युतीय फोहोरको समस्याहरूलाई समेत सम्बोधन गर्न सकिन्छ । हामीले सुरु गरेको यस प्रयासले नेपालमा वातावरण र पुनः प्रयोगप्रति जिम्मेवार र सामाजिक उत्तरदायी उद्यमशीलताको प्रतिनिधित्व गर्नेछ,’ उनले बताए ।

आईएमएस ग्रुपका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले सबको फोनसँगको सहकार्यले नेपालमा मोबाइल एक्सचेन्जलाई सहज बनाउनेछ भन्नेमा विश्वस्त रहेको बताए । यो सुविधाको कार्यान्वयन पहिलो चरणमा काठमाडौंका आउटलेटहरूमा केन्द्रित हुने र विस्तारै एक्सचेन्ज सुविधा नेपालभर उपलब्ध गराउने योजना रहेको बताए ।

सबको फोनको प्रविधिसँग आइएमएसको विशेषज्ञतालाई संयोजन गरेर, आफ्ना ग्राहकहरूलाई प्रयोगमा आइसकेका फोनहरूको उचित मुल्य प्रदान गरि सामसङ स्मार्टफोनमा अपग्रेड गर्न सजिलो र सुविधाजनक बनाउने आइएमएसको योजना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here