आधा दर्जन विकास बैंक र वित्त कम्पनीका अध्यक्ष, संचालक र सीइओलाई राष्ट्र बैंकको कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले आधा दर्जन विकास बैंक र वित्त कम्पनीका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृत (सीइओ) लाई एकैसाथ कारबाही गरेको छ ।

राष्ट्र बैंकले निर्देशित नियमन उल्लंघन गरे बापत चालु आवको दोस्रो त्रैमासमा विकास बैंक र वित्त कम्पनी तथा ती संस्थाका अध्यक्ष, संचालक र सीइओलाई कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा मुक्तिनाथ विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स, गुडविल फाइनान्स र प्रोग्रेसिभ फाइनान्स रहेका छन् ।

मुक्तिनाथ विकास बैंकले संस्थाबाट व्यक्तिगत तथा सामूहिक जमानीमा प्रवाह भएको विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क लिई खडा गरेको ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम संस्थागत सुशासनको मर्म र भावना विपरीत निर्णय गरी ऋणी ग्राहक सदस्यको सामूहिक हित नहुने अन्य उद्देश्यमा खर्च गरेको पाइएकोले सञ्चालक समिति, सञ्चालक समितिका अध्यक्षलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, सप्तकोशीले संस्थाका स्वतन्त्र सञ्चालकलाई निजको पहिलो कार्यकाल समाप्त भएपश्चात् समेत निज स्वतन्त्र सञ्चालककैे हैसियतमा सञ्चालक समितिको बैठकमा निरन्तर उपस्थित गराई निर्णय प्रक्रियामा सहभागी गराएको र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १५ को उपदफा (१) मा भएको व्यवस्था विपरित निजलाई दोश्रो कार्यकालका लागि समेत स्वतन्त्र सञ्चालकको रुपमा पुनः नियुक्त गरेको पाइएकोले अब उप्रान्त त्यस किसिमको कार्य नगर्न संस्थाको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक सो कानुनी व्यवस्थासम्मत नहुने गरी दोश्रो कार्यकालका लागि नियुक्त निज स्वतन्त्र सञ्चालकलाई तत्काल हटाई जानकारी गराउन आदेश दिएको छ ।

त्यसैगरी, नारायणी डेभलपमेन्ट बैंकले अनिवार्य नगद तरलता अनुपात र कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकले २ लाख ४१ हजार ९२४ रुपैयाँ हर्जना तिराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here