तोलामै ११ सयरुपैयाँले बढ्यो सुनको भाउ, प्रतितोला ७१ हजार ३ सय

काठमाडौं, ३० भदौ । सोमबार सुनको मूल्यमा ११ सय रुपैयाँले कमि आएको छ ।

आइतवार ७० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमवार ११ सय रुपैयाँले बढ्दै प्रतितोला ७१ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै, तेजावी सुनमा पनि प्रतितोला ११ सय रुपैयाँले वृद्धि भएको छ । आइतवार ६९ हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको तेजावी सुनको मूल्य सोमवार ७१ हजार रुपैयाँ कायम भएको छ ।

सोमवार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ।

आइतवार प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएमके चाँदीको मूल्यमा सोमवार प्रतितोला २५ रुपैयाँले बढेर प्रतितोला ८ सय ६५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here