नामिबियाविरुद्ध अनिल शाहलाई मौका, आरिफ शेख र देव खनाल बेच्नमा

काठमाडौं । नेपालले आईसीसी विश्वकपलिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत आज पहिलो खेल खेल्दैछ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्न लागेको हो। खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो।

नेपालले पहिलो खेलमा राष्ट्रिय टिममा पुनरागमन गरेका अनिलकुमार शाहलाई मौका दिएको छ । क्यानडासँगको सिरिजमा उत्कृष्ट ब्याटिङ गरेका शाह प्लेइङ-११ मा परेका छन् । आजको खेलमा आरिफ शेख र देब खनाल भने बेन्चमा रहनेछन् ।

नेपाली टीम

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, अनिल कुमार शाह, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी

बेन्च : दीपेन्द्रसिंह ऐरी, देव खनाल, सूर्य तामाङ र आरिफ शेख

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here