‘बाबुराम टोपी’ को अन्तर्कथा

`
२०५९ माघ\फागुनको कुरा हो। तत्कालीन माओवादी र सरकारवीच युद्धविराम घोषणा भयो । मेरो नेतृत्वमा माओवादी वार्ता टोली गठन भएर काठमाडौंमा खुला हुने निर्णय भयो।

खुला हुने दिन कुन भेषमा प्रस्तुत हुने भन्ने प्रश्न उठ्यो । वार्ता भंग भएर फेरि भूमिगत हुनुपर्ने हुनसक्थ्यो। टोपबहादुर रायमाझीकी पत्नी माया रायमाझी संगै हुनुहुन्थ्यो । मैले भने ‘लौ बैनी,तपाईंले आइडिया निकाल्नोस् त,जे मनलाग्छ बजारबाट ल्याउनोस्।’

वहॉले यही टोपीसहितको ड्रेस किनेर ल्याउनुभयो । हामी चैतमा काठमाडौंमा यही टोपीसहित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सार्वजनिक भयौं ।

चार महिना पछि वार्ता भंग भएर हामी पुनः भूमिगत भयौं । टोपी चाहिं ‘बाबुराम टोपी’ को ब्राण्ड बनेछ ।

(यो लेख बाबुराम भट्टराईको फेसबुकबाट साभार गरिएको हो ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here