खराब ब्याटिङले घरेलु मैदानमा नेपालको अहिलेसम्मकै न्यून योगफल

काठमाडौं । घरेलु मैदानमा खेलिएको एकदिवसीय खेलमा नेपालले अहिलेसम्मकै न्यून स्कोर बनाएको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाल १३२ रनमा अलआउट भयो। यो अहिलेसम्म कै कम योगफल हो।

नेपालले घरेलु मैदानमा पहिलो पटक १५० रन पनि कटाउन नसकेको हो। यसअघि नेपालले सन् २०२२ मा कीर्तिपुरमा युएईविरुद्ध ९ विकेटको क्षतिमा १७९ रन जोडेको थियो। यस्तै २०२१ मा ओमानसँग पनि कीर्तिपुरमा नेपाल १७९ रनमै अलआउट भएको थियो। यी दुवै स्कोर नेपालले दोस्रो इनिङ्ग्समा बनाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here