एकै ओभरमा सोमपालले लिए दुई विकेट

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध चौथो सफलता हात पारेको छ ।

सोमपाल कामीले एकै ओभरमा दुई विकेट लिएका हुन् । उनले पहिलो कप्तान जेरहार्ड इरासमसलाई ८ रनमा आउट गरे भने अन्तिम बलमा ३४ रन बनाएर जान फ्राइलिंकलाई आफ्नो शिकार बनाए ।

नेपालका लागि दुवै ओपनरको विकेट ललितनारायण राजवंशीले लिए भने बाँकी दुई विकेट सोमपाल कामीले दिए।

ओपनिङ ब्याटर निकोलास डेभिनलाई नेपालका ललितनारायण राजवंशीले १५ रनमा कुशल भुर्तेलबाट क्याच गराए। यस्तै दोस्रो विकेटको रुपमा ललितले ओपनर माइकल भानलाई २३ रनमा आउट गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here