एक्सनले भरिएको ‘अगस्त्य’ को ट्रेलर सार्वजनिक

काठमाडौं । सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर फिल्म ‘अगस्त्य’को ट्रेलर सार्वजनिक भएको छ ।

फागुन १८ गते प्रदर्शन तयारीमा रहेको फिल्मका शीर्ष कलाकारहरु सौगात मल्ल, नाजिर हुुसेन, मलिका महत, निश्चल बस्नेत, प्रमोद अग्रहरि, रविन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का लगायत फिचर्ड छन् । यो फिल्ममा सौगातको बहुचरित्रकरण देख्न सकिन्छ ।

फिल्ममा अभिनेता सौगात मल्लको बहुरुप देख्न सकिन्छ। यसअघि सार्वजनिक पोस्टर र टिजरमा उनी प्रेमीदेखि ग्याङस्टर हुँदै मानसिक सन्तुलन गुमाएर सडकमा डुलिरहेको क्यारेक्टरलाई दर्शकले निकै रुचाएका थिए। फिल्ममा मलिका महत सौगातकी प्रेमिका बनेकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here