ललिता निवास प्रकरण: १२ जना दोषी ठहर, ११० जनालाई बिगाे र जरिवाना, ६५ जनाकाे जग्गा जफत

काठमाडौं । ललिता निवास प्रकरणमा मुख्य अभियुक्त कलाधर देउजासहित १२ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतले २३ दिनलगातार ललिता निवास प्रकरण सम्बन्धमा सुनुवाई गरी आज अन्तिम फैसला सुनाएको थियो ।

१२ जनालाई ७५ लाख रुपैयाँ जरिबाना र दुई वर्ष कैद सजाय तोकिएको छ । विशेष अदालतका सदस्यहरु डा. खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो ।

दोषी ठहर हुनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी पनि रहेको उच्च अदालतका प्रवक्ता धनबहादुर कार्कीले अलालतको फैसला सुनाउने क्रममा बताए । उनका अनुसार अदालतले राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here