मेयर बालेनले भने-‘खुलामञ्च सधैं सबैका लागि खुला छ, टुँडिखेल पनि खुला गर्दैछौं’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले खुलामञ्च मात्र नभई टुँडिखेल पनि खुला गर्ने प्रक्रियामा गइसकेको बताएका छन् ।

खुलामञ्चबारे महानगरको धारणा स्पष्ट पार्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यति कुरामा निश्चिन्त हुन आग्रह गर्दछौं कि हामी छउन्जेल खुलामञ्च सधैं सबैका लागि खुला हुन्छ । हामी खुलामञ्च मात्र नभई टुँडिखेल पनि खुला गर्ने प्रक्रियामा गइसकेका छौं ।’

धेरैभन्दा धेरै अतिक्रमित क्षेत्र खुला गर्ने प्रक्रियामा महानगर गइसकेको भन्दै उनले यस्ता कुराहरू मिडिया र अभियन्ताको नजरमा कहिल्यै नपरेको उल्लेख गरेका छन् ।

सार्वजनिक सम्पति विपद् र विशेष अवस्थाका लागिबाहेक अन्य कुनै पनि समयमा जे उपयोगिताका लागि बनाइएका हुन्, त्यसकै लागि प्रयोग हुनुपर्छ भन्नेमा बहस भइरहनु अचम्म लाग्दो कुरा भएको उनले लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here