दाङको घोराहीमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या

काठमाडौं । दाङको घोराहीमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या भएको छ ।

घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया गुरुङमाथि बिहीवार बेलुकी गोली प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

श्रीमान यमबहादुर झाक्रीले गोली हानेको प्रहरीले जनाएको छ ।श्रीमान पनि प्रहरी जवान भएको र श्रीमती पनि प्रहरी सेवामै रहेकी थिइन ।श्रीमान बाँकेमा कार्यरत रहेका थिए ।

उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here