नेपाल-क्यानडा एकदिवसीय शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडौं । नेपाल ‘ए’ टिमले क्यानडासँग खेल्ने एकदिवसीय शृङ्खलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानले गयराति सार्वजनिक गरेको तालिका अनुसार ३ खेलको सिरिज आइतबारदेखि मूलपानी क्रिकेट मैदानमा हुने छ । सिरिजको पहिलो खेल आइतबार, दोस्रो खेल मंगलबार र तेस्रो खेल बिहीबार हुनेछ ।

क्यानले बुधबार विनोद भण्डारीको कप्तानीमा नेपालको ‘ए’ टिम घोषणा गरेको थियो । टोलीको प्रशिक्षकमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र कलाम अली छन् । पहिलो पटक बनेको नेपाल ‘ए’ पीएम कपमा राम्रो प्रदर्शन गरेका तथा अन्डर नाइन्टिन र राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरू छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here