प्रतितोला ६ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

फाइलफोटो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख १७ हजार १ सय रुपैयाँ पुगेको हो।

बिहीबार स्थानीय बजारमा सुनको भाउ तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज प्रतितोला ३५ रुपैयाँले बढ्दै प्रतितोला १४ सय १० रुपैयाँ पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here