सेमिफाइनलमै टुंगियो नेपालको यात्रा, एसिया कपको ढोका बन्द

काठमाडौं । मलेसियासँग ४ विकेटले पराजित हँदै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ। शुक्रबार भएको दोस्रो सेमिफाइनलमा मलेसियासँग पराजित भएसँगै नेपालको यसै वर्ष हुने टी–२० एसिया कप खेल्ने सपना समेत अधुरै रहेको छ।

वुमेन्स प्रिमियर कपको फाइलनमा पुगेका मलेसिया र युएई एसिया कपमा छनोट भएका हुन् ।
नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । मलेसियाकी एलिसा हन्टरले सर्वाधिक ६९ रन बनाउँदै जिततर्फ पुराइन् । बलिङमा सीता रानामगर र कविता जोशीले २-२, कविता कुवर र रुविना क्षेत्रीले १-१ विकेट लिएपनि जितका लागि प्रयाप्त हुन सकेन ।

त्यसअघि क्वालाम्पुरको वायोमास ओभलमा टस जतेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि कप्तान इन्दु बर्माले २९ रनको योगदान दिइन्। डली भट्ट २५ रन बनाउँदा रन आउट भइन्। ओपनर कविता कुँवर २३ रन बनाउँदा रन आउट भइन्। रुविना क्षेत्रीले २० रन थपिन्। कविता जोशी २ रन बनाउँदा रन आउट भइन्। मलेसियाका लागि माहिरन इज्जतीले २ विकेट लिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here