कामको खोजिमा एक महिनामा ६२ हजार नेपाली विदेशिए, प्रमुख गन्तव्य यूएई

काठमाडौं । चालु आर्थिक वर्ष (आव) सुरुवाती महिनामा केही कम भएको रोजगारीका लागि विदेशिने क्रम हिउँदमा निरन्तर बढ्न थालेको छ ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार माघ महिनामा ६२ हजार १४७ जना नेपाली वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् ।

जसमा ५५ हजार ९७३ जना पुरुष र ६ हजार १७४ महिला रहेका छन् । ३९ हजार ४२ जनाले भने श्रम स्वीकृति मात्रै लिएका छन् । भने २३ हजार १०५ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

माघ महिनामा जी टु जी मार्फत (सरकार–सरकारबिच सम्झौता भई) १ हजार ४९४ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै ६ हजार ७६२ जना व्यक्तिगत श्रम स्वीकृति लिएर बिदेसिएका छन् ।

३० हजार ७८६ जनाले म्यानपावर व्यवसायी (संस्थागत) मार्फत श्रम स्वीकृति लिएर बिदेसिएका हुन् । माघ महिनामा विभिन्न ९९ देशमा जानका लागि नेपालीहरूले श्रम स्वीकृति लिएका छन् ।

माघ महिनामा सबैभन्दा बढी युएई गएका छन् । यूएईका लागि १७ हजार ६०२ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै साउदी अरेबियाका लागि १२ हजार ३६६, कतारका लागि १२ हजार १६४, मलेसियाका लागि ६ हजार ७९५, कुवेत ३ हजार २५३ जनाले श्रम स्वीकृति (पुनः स्वीकृतिसहित) लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here