दोहोरो अंकले घट्यो नेप्से, हिमालयन रिको सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक २७.२१अंकले घटेर २०३४.८२ विन्दुमा झरेको हो ।

यसदिन ३१५ कम्पनीको ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १९६ रुपैयाँ बराबरको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका सबैको परिसूचक राताम्मे भएको छ

आज पनि हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ४० करोड ९० लाख रुपैयाँबढीको शेयर किनबेच भएको छ । घट्दो बजारमा पनि आज २ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । समाज लघुवित्त र बोटलर्स नेपाल (बालाजु)को शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

आज सामलिङ पावरका शेयर धनीले भने सर्वाधिक ८.२१ प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here